मानसरोवर कृषि सहकारीको अर्गानिक उत्पादनमा जाेड

दमक / दमकमा रहेकाे मानसरोवर कृषि सहकारी संस्थाले अाफ्ना भाबि रणनीति र गरिअाएका कामका बारेमा प्रस्ट पार्न अाज दमकमा पत्रकारहरु संघ भेटघाट कार्यक्रम गरेकाे छ ।

संस्थाले गत भदाै २९, ३० र ३१ गते श्री अन्तु भेला बाट मानव स्वास्थ्य र वातावरणलाई जाेगाउन दमक नगरपालिका र मानसरोवर कृषि सहकारी संस्थाकाे संयुक्त प्रयासमा अर्गानिक अभियान संचालन गर्नु पर्छ भन्ने १० बर्षे गुरुयाेजना अघि बढेकाे संस्थाका अध्यक्ष बिस्वनाथ बरालले जनएका छन् ।

बिगत ८ बर्ष अधि ६५ सदस्य बाट सुरुवात गरिएकाे संस्थामा हाल ३ सय ७७ सदस्य रहेका र सदस्य हरुलाई कृषि प्राबिधिक कृष्ण चन्द्र महर्जनले अर्गानिक खेति बालि, मल लगायतकाे तालिम दिईरहेकाे बताएको छ ।

जसमा इलामका चुलाचुली, माङ्सेबुङ्ग, फाकफोकथुम र पाँचथरको मिक्लाजुङ्गसम्मका गाउँस्तरीय अर्गानिक चेतना जागरण कार्यक्रम समेत गरिएको थियो ।
सहकारीले दमकदेखि मिक्लाजुङ्ग सम्मका कृषि सहकारी संस्थाहरुसँग समन्वय गरी अर्गानिक चेतना , उत्पादन, बजारीकरण जस्ता कुराहरुलाई अगाडी बढाएको छ । सहकारी संस्थाले अर्गानिक कृषि पाठशालाको स्थापना ,प्लाष्टिको टनेल निर्माण, कुरिलो खेतीका साथै अन्य सागसब्जी खेती गर्दै आएको छ ।
सहकारीले घासे बिऊ, बाख्रापालन, दमक नगरपालिका सहित चार गाउँपालिका सँग हातेमालो, कृषकहरुलाई आवश्यक पर्ने मल ,अर्गानिक बिऊ, भिटामिन आदी वितरण गर्दै आएको छ । सहकारीले माटो परिक्षण गरी दमक नगरपालिकाको अनुदानमा कृषि चुन वितरण गर्दै अाएको छ ।
यस्तै, १७ वटा सहकारीहरुको लगानीमा जैविक मल उद्यमेगको स्थापना गरि किसानहरुलाई वितरण गरिएको छ ।

सहकारी संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले मानसरोवर कृषि सहकारी संस्थाले आगामी दिनमा नयाँ योजना ल्याउने तयारी गरेको जनाएका छन् ।

भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १, दमक नगरपालिका र प्राङ्गारिक कृषि सहकारी संजाल झापा, इलाम, पाँचथर सँगको संयुक्त पहलमा दमक बजार भित्र आधुनिक अर्गानिक कृषि बजार र कृषि संङ्कलन केन्द्र निर्माणका लागी ८,७५,१४,००० लागत बराबरको डिपिआर तयार पारी भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पेश गरिएको सहकारीका अध्यक्ष बरालले बताए ।

त्यसै गरि यसपालिकाे असार १५ अर्थात धान दिवसकाे अवसरमा कृषकहरुलाई धान दिवस भब्यताका साथ मनाउन समेत अध्यक्ष बरालले अामन्त्रित गरेका छन् ।

Facebook Comments Box

                     

अरुपनि