नेकपा नेता राधाकृष्ण खनाललाई पुत्री शाेक
दमक / झापाको शिवसतासीमा आज स्कुटर र मोटरसाईकल एकापसमा ठक्कर खाँदा एक जना युवतीको ज्यान गएको छ ।
यसरी ज्यान जानेमा स्कटुर चालक शिवसतासी १ की १८ वर्षिया रञ्जना खनालको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक नेकपा झापा क्षेत्र नम्बर ४ का इन्चार्ज राधाकृष्ण खनालको छोरी हुन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसतासी १ स्थित धरमपुरस्थित सडकखण्डमा आज विहान १० वजे भएको पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे१० प. ८१४० को मोटरसाईकल र पश्चिमबाट दक्षिणतर्फ मोडिदैं गरेको मे.७ प.१६८७ नम्बर स्कुटर एकापसमा जुधेको थियो । दुर्घटनामा घाईते रञ्जनाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार गर्न ल्याउन साथ ज्यान गएको थियो ।
ठक्करबाट मोटरसाईकलमा सवार चालक विर्तामोड ९ वस्ने १७ वर्षिय मौषम पाण्डे समेत घाईते भएको झिलझिले ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।
यसैवीच, रञ्जनाको शव आज ५ वजे कन्काई नदीमा अन्त्येष्टि गरिने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता