दमकमा माक्स बितरण : माक्स नलगाउनेलाई जरिवाना

दमक / ट्राफिक प्रहरी कार्यलय दमककाे सचेतना कार्यक्रममा नेपाल यातायात मजदुर संघ दमक नगर समितिकाे माक्स सहयाेगमा सर्वसाधारण लाई माक्स बितरण गरिएकाे छ ।

संसारभर फैलिरहेकाे महामारी काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि दमकमा अाज दमक ट्राफिक,ईलाका प्रहरी कार्यलय दमक,र नेपाल यातायात मजदुर संघ दमक नगर समितिले पैदल यात्री,सर्वसाधारण , यात्रु, सवारी चालकहरुलाई माक्स अनिवार्य प्रयोग गर्न अावहान गर्दै दमक क्षेत्रमा माक्स नलगाई हिड्ने लाई जरीमाना गरिने भन्दै मक्स बितरण गरिएकाे छ ।

अब यश महामारी बाट वचन अाफै सचेत रहन समेत अाग्रह गर्दै १००० पिस माक्स सहयाेग गर्ने संस्था नेपाल यातायात मजदुर संघ दमक नगर समितिलाई लाई इलाका ट्राफिक प्रहरीले धन्यवाद दिदै सबैकाे सहयोगले मात्रै जनचेतना जगाउन सकिने ट्राफिक प्रमुख दिलिप कुमार चाैधरीले बताए ।

इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायक निरिक्षक कुल बहादुर मगरले यो सानो चेतनामूलक कार्यक्रम भए पनि प्रभावकारी हुने बताएका छन् । सचेतना कार्यक्रममा मजुदुरका नगर अध्यक्ष रन्जित कुमार यादव ,सचिव तुलसी खड्का ,जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश प्रसाद गाैतम ,बस इकाई अध्यक्ष कृष्ण भन्डारीकाे उपस्थिति रहेको थियोे ।

Facebook Comments Box

                     

अरुपनि