काेराेनाे राेकथाम नियन्त्रणका लागि दमकमा सेनिटाईजर स्प्रे

दमक / भिडभाड हुने दमककाे दुई सरकारी कार्यलयमा काेराेनाे राेकथाम नियन्त्रणकालागि सेनिटाईजर स्प्रे गर्ने कार्यक्रम सम्पन्न भएकाे छ ।

सानाे प्रयास युवा समाज र ह्याप्पी नेपालले गरेकाे साे सेनिटाईजर स्प्रे ईलाका प्रहरी कार्यलय दमककाे प्रहरी हिरासत, प्रहरी ब्यारेक , साेधपुछ कक्ष, मुद्दा फाट र ईलाका प्रशासन कार्यलय दमककाे नागरिकता फाट, राहदानी फाट लगायता ठाउमा गरिएकाे ह्याप्पी नेपालका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
त्यसै गरि अाज बिहान दमक बजारका बिभिन्न ठाउमा उधाेग बाणिज्य सघ दमकले सर्वसाधारणहरुलाई सर्जिकल माक्स बितरण गरिएकाे बताइएको छ ।

Facebook Comments Box

                     

अरुपनि