राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता लिएसँगै पौडेल क्षेत्रीय अध्यक्ष बन्न सफल हुनुभएको हो । पौडेललाई अध्यक्ष बनाउन तिम्सिनालाई नाम फिर्ता लिन राप्रपा नेतृत्वले निक्कै मेहनत गर्नु पर्यो ।
४ बजेर २० मिनेट सम्म सहमतिका लागि निर्वाचन समितिले दुबै उमेद्धारलाई मिलेर आउन भन्दै आधा घण्टाको समय दिएको थियो । तर दुबै उमेद्धारले नाम फिर्ता नलिने अडान राखेपछि नेतृत्वलाई सर्बसम्मति अध्यक्ष बनाउन हम्मेहम्मे परेको थियो । उमेद्धारी फिर्ता लिएपछि तिम्सिनाले प्रतिक्रिया दिदै नेतृत्वको प्रेशर थेग्न नसकेर उमेद्धारी फिर्ता लिएको बताउनु भयो ।
उता अध्यक्ष बनेपछि पौडेलले पार्टीलाई सशक्त बनाउन सबै क्षेत्रका साथीहरुलाई समेटेर अघि बढ्ने भन्दै संगठन विस्तार गर्ने क्रममा सबै समेट्ने बताउनु भयो । उहाँले छुटेका सबैलाई पार्टीको विभिन्न तहमा लगिने भन्दै पार्टीलाई सक्षम बनाउन लागि पर्ने उल्लेख गर्नुभयो । अधिवेशनले अन्य १५ सदस्य पनि छनोट गरेको छ ।
जसमा दमक नगरपालिकाबाट ६ जना, गौरादह नगरपालिकाबाट ४ जना, कमल गाउँपालिकाबाट ३ जना र गौरीगञ्ज गाउँपालिकाबाट २ जना छन् । झापाको कमल गाउँपालिका वडा नम्बर–५ स्थित मंगलमय माविको सभाहलमा भएको क्षेत्रीय अधिवेशनमा पार्टीका केन्द्रिय सदस्यहरु लक्ष्मी प्रसाद संग्रौला, राजेश गिरी, प्रदेश १ का अध्यक्ष राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्ट लगायतको उपस्थिति रहेको थियो ।
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट