काेराेनाका कारण झापामा १ महिलाकाे मृत्युु

झापा / झापाकाे कनकाई नगरपालिका-३ सुरुङ्गा निवासी मण्डल थरकी एक ३९ वर्षीया महिलाको कोरोनाका कारण आज ज्यान गएको छ।

सुरुङ्गा बजारमा पसल गरि बस्ने उनको बिर्तामोड स्थित बिएनसी अस्पतालमा बिहीबार बिहान ४ बजे ज्यान गएको हो।

१० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएको पाइएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताए।भारतबाट घर फर्किए संगै श्वास प्रश्वासमा समस्या देखिएपछी बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो।त्यहाँ महिलामा कोरोना पुष्टि भए संगै थप उपचारका लागि बिएनसी रेफर गरिएको थियो।उपचारकै क्रममा कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो। कन्काई अन्लाईन बाट

Facebook Comments Box

                     

अरुपनि