दमकमा क्लव स्तरीय फुटवल प्रतियोगिताको उपाधि नव किरणले उचाल्याे

दमक / दमक वडा नम्वर १० को खेलकुद बिकास समितिले आयोजना गरेको दुई दिवसीय फुटवल प्रतियोगिताको फाइनलको उपाधि नवकिरण युवा क्लवको टिमले हता पारेको छ ।

वडानम्वर १० स्थित सेतुमारीमा आयोजना भएको क्लव स्तरीय फुटवल प्रतियोगिताको उपाधि नव किरण युवा क्लवले जितेको छ । फाइनल प्रतियोगितामा नवकिरणको टिमले नलवारी युवा क्लवलाई ०–२ गोल अन्तरले हराएर उपाधिसंगै नगद १५ हजार रुपैयाँ हात पारेको हो ।

उपविजेता नलवारी क्लवले १० हजार नगदमै आफूलाई चित्त बुझाएको छ ।
खेलमा नवकिरणका टिम क्याप्टेन जर्सी नम्वर ७का गोविन्द्र धिमालले २ गोल गर्नु भएको छ । फाइनल खेल समापनको अध्यक्षता वडा खेलकुद बिकास समितिको अध्यक्ष इन्दु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका अतिथि वडानम्वर १० का अध्यक्ष बोधराज न्यौपानेले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नु भएको छ ।

खेलमा नवकिरण क्लवको गोलकिपर सुनिल धिमाल घोषित भएका छन् । यसै गरी उत्कृष्ठ खेलाडी तिलचन्द धिमाल ,धेरै गोलकर्ता नलवारी युवा क्लवको रोशन धिमाल र खेलको म्यान अफ दि म्याच नलवारीकै संञ्जय धिमाल भएको नवकिरण क्लवका अध्यक्ष रमेश खत्रीले जानकारी दिनु भयो । खेल समापन कार्यक्रममा खेलको महत्वको बिषयमा दमक नगर खेलकुद समितिका अध्यक्ष केन्द्र प्रसाई र वडा अध्यक्ष न्यौपाने लगायतले बोल्नु भएको छ ।

Facebook Comments Box

                     

अरुपनि