झापाकाे एग्रो राईस मिलमा आगलागी

भद्रपुर / भद्रपुर ६ स्थित भद्रपुर एग्रो राईस मिलमा शनिवार बिहान आगलागी भएको छ । व्यवसायी सन्तोष र राजेश गुप्ताले भर्खरै सञ्चालनमा ल्याएको राईस मिलमा आगलागी हुँदा मेसिनरी सामान जलेर नष्ट भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

शनिवार बन्द रहेको राईस मिलमा बिहान साढे ९ बजे एक्कासि आगलागी भएको थियो । उद्योग बन्द रहेकोले मानवीय क्षति नभएपनि उद्योगका केही मेसिन री सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उद्योगका सञ्चालकद्धय काम विशेषले बाहिर रहेकोले आगलागीबाट उद्योगमा हुने क्षतिको विवरण नखुलेको उनको भनाई । उनका अनुसार आगलागीको कारण भने खुलेको छैन ।

आगलागी भद्रपुर नगरपालिकाको दुई वटा र बिर्तामोड नगरपालिकाका एउटा दमकलले नियन्त्रणमा लिएको थियो । यता स्थानीयका अनुसार बन्द उद्योगमा मिस्त्रीहरूले रड बनाउने वलडिङको काम गर्दै आइरहेको बताए । सोही वलडिङ मेसिनबाटै आगलागी हुन सक्ने स्थानीयको भनाई छ ।

Facebook Comments Box

                     

अरुपनि