तेश्रो मेयर कपको उपाधि वडा नम्बर १० लाई

उत्तम रिजाल,झापा। झापाको दुधेमा सम्पन्न तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । उसले वडा नम्बर २ लाई ४–० को फराकिलो अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । वडा नम्बर २ का संजिब बुढाथोकी अनुपस्थित भएको खेलमा वडा नम्बर १० हाबी भएको थियो ।
उसका लागि पहिलो हाफको १८ औं मिनेटमा जर्सी नम्बर ७ का पवन राईले गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि उसका लागि पहिलो हाफको इन्जुरी समयको दोश्रो मिनेटमा जर्सी नम्बर १६ का रुपेश लिम्बुले दोश्रो गोल गरेका थिए । पहिलो हाफमा दुइ शुन्यको अग्रता लिएको उसले दोश्रो हाफको ११ औं मिनेटमा अन्तर तेब्बर बनायो । उसका पवन राईले थप गोल गरे ।
त्यसपछि ३९ औं मिनेटमा रुपेश लिम्बुले गोलगर्दै ४–० को अग्रता दिलाए । त्यपछि पनि गोलको प्रयास गरेपनि थप गोल भने हुन सकेन् । खेलको म्यान अफ दि म्याच पराजित वडा नम्बर २ का जर्सी नम्बर ५ का देवान सोरेन भए । त्यस्तै बेष्ट स्ट्राइकरको उपाधि वडा नम्बर २ का सागर महतेले पाए भने बेष्ट मिडफिल्डको उपाधि वडा नम्बर ७ का हेमन्त तुम्बापोले हात पारे ।
त्यस्तै बेष्ट डिफेण्डरको उपाधि वडा नम्बर १० का जर्सी नम्बर ४ का टेकेन राना मगरले जित्दा बेष्ट गोलकिपरको उपाधि विजयी टिमका संदिप लिम्बुले हात पारे । प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडीको उपाधि विजयी टिमका पवन राईले जितेभने सर्बाधिक गोलकर्ता पनि उनी नै बने ।
प्रतियोगिताको विजेताले नगद ७५ हजारसँगै ट्रफी हात पार्यो भने उप–विजेताले नगद ४१ हजार प्राप्त गर्यो । प्रतियोगिताको विजेता तथा उप–विजेताहरुलाई नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
अरुपनि
भाेलीबाट बिधालय बन्द गर्नु पर्ने नत्र लकडाउनकाे घाेषणा गर्ने : डा. जागेश्वर गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका
सकेसम्म लकडाउन नगर्ने पक्षमा सरकार: पर्यटन मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्। नेपाल पर्वतारोहण
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
कोरोना संक्रमितकाे संख्या एक्कासि यसरी बढ्याे
काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६०
धुलिखेल अस्पतालमा काेराेनाका कारण एक पुरुषकाे मृत्यु
काभ्रेपलाञ्चोक / निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा