दमकमा सडक दुर्घटनामा परि इन्द्र साउन्डका संचालककाे मृत्यु

दमक/ झापाको दमक स्थित पुर्व पश्चिम राजमार्गमा गए राति मोटरसाईकले स्कुटरलाई ठक्कर दिदा स्कुटिमा सवार एक जनाकाे मृत्युभएको छ ।

साे दुर्घटनामा स्कुटरमा सवार दमक ८ का ५० बर्षिय ईन्द्र भुजेलको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृतक भुजेल दमक ८ मा रहेको इन्द्र साउण्ड एण्ड टेन्ट हाउसका सञ्चालक हुन ।

इप्रका दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार दमक ५ स्थित सडकखण्डमा हिँजो वेलुका ९:१५ बजे पूर्ववाट पश्चिमतर्फ जादै गरेको प्र–१–०१–०१३ प.८७६६ को मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ को स्कुटर एकापस जुधेको थियो । दुर्घटनामा सख्त घाईते स्कुटर चालक भुजेललाई दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्युभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाईते भएका मोटरसाईकल चालक दमक ९ का अन्दाजी २६ बर्षिय सन्जोक सुन्दासको दमक स्थित निम्स अस्पतालमा उपचार हुन नसके पछि विर्तामोड स्थित विएण्डसी अस्पतालमा लगेर उपचार भैरहेको छ । घाईते सुन्दासको अवस्था समेत चिन्ताजनक रहेको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिएका छ्न ।

Facebook Comments Box

                     

अरुपनि