शिवरात्रीको अबसरमा पहिलो पाईलाले गर्यो सरसफाइ

दमक। सामाजिक कार्यमा सक्रिय रहेको पहिलो पाईला नेपाल दमकले शिवरात्रीको अबसर पारेर आज दमक–६ को पशुपति मन्दिर परिसर सरसफाई गरेको छ । रातीको हावा तथा झरीले पुरै पात र अन्य फोहरले भरिएको मन्दिर परिसर पहिलो पाईलाले सफाई गरेसँगै आज भक्तजनहरु प्रबेशका लागि योग्य भएको थियो ।

उसले सरसफाई पछि अन्य भक्तजनहरुलाई पानी तथा जुसहरुपनि वितरण गरेको पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो । सरसफाई कायक्रममा उपाध्यक्ष निशा घिमिरे, सुरेश बराल, विण्णु राई लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि