बस र स्कुटर दुर्घटना हुदा स्कुटर चालककाे मृत्यु

शिवसताक्षी / झापाकाे शिवसताक्षी नगरपालिका वडा नं. ९ यलम्बर चोक स्थित पूर्व पश्चिम राजमार्गमा बस र स्कुटर एक अापसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ ।
आज बिहान १० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नं. को बस र बिपरित दिशातर्फ जादै गरेको को ३८ प ४१९४ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ईलाम चुलाचुली गाउँपालिका वडा नं. ४ बस्ने ३८ वर्षिय राजेन्द्र देवान र सोही स्कुटीको पछाडी सवार सोही ठाउँका ४० वर्षिय पूर्ण राई घाईते भएका थिए । उनीहरुलाई उपचारको लागि बिएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा ११ बजे स्कुटर चालक देवानको मृत्यु भएको हो । बस चालक झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ नयाँ बस्ती बस्ने ४० वर्षिय मानबहादुर पुरी , बस र स्कुटर ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता