मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ८ लाई

उत्तम रिजाल,झापा। झापाको झिलझिलेमा सम्पन्न तेश्रो शिवसताक्षी मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ८ ले जितेको छ । उसले वडा नम्बर ९ लाई २८ रनले पराजित गर्दै उपाधि चुमेको हो । टस जितेर व्याटिङ्ग गरेको वडा नम्बर ८ ले प्रस्तुत गरेको एक सय २३ रनको लक्ष्य लिएर मैदान उत्रिएको वडा नम्बर ९ मात्र ९४ रनमा समेटिएको थियो ।

उ १८ ओभर ३ बलमा अल आउट भएको हो । उसका कमल उप्रेतिले सर्बाधिक १९ रन जोडे । उनले १७ बलको सामना गर्दै एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै संदिप थापाले ७ बलमा दुई छक्कासहित १४ रन जोडे भने प्रकाश माबोले १० रनको योगदान दिए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । वडा नम्बर ९ लाई सस्तैमा समेट्ने क्रममा गोविन्द मोतेले ३ तथा विजय घिमिरे, सुमन इजम र राजु भट्टराईले समान २ विकेट लिए ।

यसअघि पहिले व्याटिङ्ग गरेको वडा नम्बर ८ का लागि विकल थामीले सर्बाधिक ४९ रन जोडे । ४२ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै विवस राईले २१ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गर्दैै २३ रनको योगदान दिएपछि टिमले ८ विकेटको क्ष्यतिमा एक सय २२ रन जोडेको थियो ।

बलिङ्गतर्फ संदिप थापाले २ तथा कमल उप्रैतिले एक विकेट लिए । प्रतियोगिताको विजेता तथा उप–विजेतालाई अगामी २८ गते समापन समारोहमा पुरस्कार प्रदान गरिने छ । विजेताले नगद ५० हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ३० हजार प्राप्त गर्ने खेल संयोजक लक्षमण अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments Box

                     

अरुपनि