वडा नम्बर ४ सेमिफाइनलमा

दमक। झापाको दु्धेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रबेश गरेको छ । उसले वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । यद्यपी अग्रता भने वडा नम्बर १ ले खेलको १६ जर्सी नम्बर २१ का हरि खड्काको गोल बाट लिएको थियो ।

तर त्यसको दुई मिनेट पनि बित्न नपाउँदै वडा नम्बर ४ का जर्सी नम्बर ५ का कप्तान श्याम खत्रीले बराबरी गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा वडा नम्बर ४ ले ४७ मिनेटमा पेनाल्टि पाएको थियो । तर सो पेनाल्टि गोलकिपर सिमोन मोतेले बिफल तुल्याएका थिए । उनले जर्सी नम्बर ६ का पासाङ तामाङ्गको प्रहार शान्दार ढंगले बिफल बनाइदिएका थिए ।

तर खेल सकिन ४ मिनेट मात्र बाँकी भएको अबस्थामा पुन कप्तान खत्रीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि वडा नम्बर १ ले आक्रामक खेल खेलेपनि हार भने टार्न सकेन् । जितसँगै वडा नम्बर ४ ले अब अन्तिम दुई प्रबेशका लागि वडा नम्बर १० सँगको भेट पक्का गरेको छ ।

भोलि अन्तिम दुई प्रबेशका लागि वडा नम्बर २ र ७ आमने–सामने हुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ७५ हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ४१ हजार प्राप्त गर्नेछ ।

Facebook Comments Box

                     

अरुपनि