वडा नम्बर ७ सेमिफाइनलमा

उत्तम रिजाल, झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित हात पार्दै वडा नम्बर ७ प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । उसले वडा नम्बर ३ लाई ६–१ को विशाल अन्तरमा पराजित गरेको हो ।

पहिलो हाफ सम्म २–१ को अग्रता लिएको वडा नम्बर ७ ले दोश्रो हाफमा आक्रामक खेल खेल्दै गोलको बर्सा गरेको थियो । उसको जितमा मिराक लिम्बु र आर्यन श्रेष्ठले दुई दुई गोल गरे भने विजय राई र पारस माझीले एक एक गोल गरे । मिराकले पहिलो हाफको ९ औं र दाश्रो हाफको २० औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै आर्यन श्रेष्ठले दोश्रो हाफको चौथो र इन्जुरी समयको अन्तिम समयमा गोल गरेका थिए । आर्यन दोश्रो हाफमा मैदान प्रबेश गरेका थिए । त्यस्तै विजय राईले पहिलो हाफको २९ औं मिनेटमा हेड मार्फत शान्दार गोल गरेका थिए भने पारस माझीले दोश्रो हाफको ९ औं मिनेटमा गोल गरेका थिए ।

उता पराजित वडा नम्बर ३ का तर्फबाट मनु मगरले हेड मार्फत पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका हेमन तुम्बापो घोषित भए । उनले नगद १५ सय हात पारे ।

प्रतियोगिताको विजेताले नगद ७५ हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ४१ हजार प्राप्त गर्नेछ । भोलि अन्तिम चार प्रबेशका लागि वडा नम्बर १ र ४ आमने सामने हुनेछन् । खेल दिउँसो साँडे तीन बजेबाट शुरु हुनेछ ।

Facebook Comments Box

                     

अरुपनि