विप्लव र गृहमन्त्री थापाबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्। महासचिव विप्लवले शनिबार बिहान पुल्चोकस्थिति मन्त्रीनिवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेको स्रोतले बतायो।

भेटमा सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले बतायो।

‘आज बिहान महासचिव विप्लवले मन्त्रीक्वार्टर पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो’, स्रोतले भन्यो, ‘उहाँहरुबीच तीन बुँदे सहमति र विशेष गरेर पक्राउ परेका नेताहरुको रिहाइका विषयमा कुराकानी भयो।’

सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि शुक्रबार सार्वजनिक भएका हुन्। शुक्रबार विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए।

Facebook Comments Box

                     

अरुपनि