भेट्रानलाई पाखा लगाउँदै वडा नम्बर २ सेमिफाइनलमा

झापा  भेट्रान फुट्बल टिमलाई पाखा लगाउँदै शिवसताक्षी वडा नम्बर २ झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ । उसले भेट्रानलाई ६–१ को विशाल अन्तरमा पाखा लगाएको हो ।

वडा नम्बर २ का लागि जर्सी नम्बर २० का विवस लिम्बुले ह्याट्रिकसहित ४ गोल गरे भने जर्सी नम्बर १४ का सागर महतो र जर्सी नम्बर १० का संजिब बुढाथोकीले एक/एक गोल गरे । विवसले ८ औं, २२ औं, ३४ औं र ६० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै सागरले ५४ औं र संजिबले ६५ औं मिनेटमा गोल गरेका हुन् ।

पराजित भेट्रनका तर्फबाट खेलको १२ औं मिनेटमा पेनाल्टी मार्फत पवन राईले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच चार गोलकर्ता विवस घोषित भए । उनले नगद पन्ध्र सय हात पारे ।

भोलि अन्तिम चार प्रबेशका लागि वडा नम्बर ६ र १० बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ४१ हजार हात पार्नेछ ।

Facebook Comments Box

                     

अरुपनि