शिवसताक्षी मेयर कप क्रिकेट: वडा नम्बर ११ विजयी

झापाको झिलझिलेमा जारी तेश्रो शिवसताक्षी मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि दाबेदार वडा नम्बर ११ विजयी भएको छ । उसले वडा नम्बर ७ लाई ५१ रनको फराकिलो अन्तरमा पराजित गरेको हो । पहिले टस हारेर व्याटिङ्ग गरेको वडा नम्बर ११ ले दिएको एक सय ५३ रनको लक्ष्य लिएर व्याटिङ्ग गरेको वडा नम्बर ७ ले एक सय एक रन मात्र जोड्न सक्यो ।

उसका विजय लिम्बुले सर्वाधिक ३३ रन जोडे । उनले १९ बलको सामना गर्दै ३ चौका र २ छक्काको सहायताले ३३ रन जोडेका थिए । बलिङ्गतर्फ विषेश उप्रेति र सागर राईले समान दुई विकेट लिए । यसअघि पहिले व्याटिङ्ग गरेको वडा नम्बर ११ ले सनम मगरको ३२ र मणिराज मगरको ३१ रनको मद्दतमा निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन जोडेको थियो ।

सागरले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरेभने मणिराजले ३२ बलमा ५ चौका र एक छक्का प्रहार गरे । बलिङ्गतर्फ गोपाल नेपालले ४ विकेट लिए । जितसँगै वडा नम्बर ११ अघिल्लो चरणमा प्रबेश गरेको छ । त्यस्तै अर्को खेलमा वडा नम्बर ४ ले वडा नम्बर १० लाई ९ विकेटले पराजित गर्दै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

भोलि पहिलो खेलमा वडा नम्बर २ र ३ तथा दोश्रो खेलमा वडा नम्बर ४ र ५ आमने–सामने हुने खेल संयोजक लक्षमण अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५० हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ३० हजार प्राप्त गर्नेछ ।

Facebook Comments Box

                     

अरुपनि