नवलपुरको देवचुलीबाट विप्लव सार्वजनिक, काठमाण्डौ आउँदै

काठमाण्डौ/  प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम आयोजना गरिएसँगै सरकारले प्रतिवन्ध लगाएदेखि भुमिगत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवु सार्वजनिक सार्वजनिक भएका छन् । उनी नवलपुरको देवचुली नगरपालिका–१३ बाट सार्वजनिक भएका हुन् ।

हिजो बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताएका थिए । उनले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग पनि भेटवार्ता गरेका थिए । विप्लव केन्द्रीय सदस्य बाला थापासहित सुरक्षा सहयोगीकासाथ अहिले काठमाण्डौ आउँदै छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सहमति सार्वजनिक गर्दै छन्। कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो २ बजे हुनेछ । सरकारले हिजो विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

तस्बिर: प्रकाश डुम्रेको फेसबुकबाट

Facebook Comments Box

                     

अरुपनि