उत्तम रिजाल, झापा। उपाधि दाबेदार वडा नम्बर ८ पहिलो खेलबाटै बाहिरीएको छ । झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ८ वडा नम्बर ३ सँग स्तब्ध हुँदै बाहिरीएको हो । ३ ले उपाधि दाबेदार वडा नम्बर ८ लाई २–१ ले पाखा लगायो ।
खेलमा अग्रता भने वडा नम्बर ८ ले पहिलो हाफको १७ औं मिनेटमा जर्सी नम्बर १७ का सुमन लिम्बुको गोलबाट लिएको थियो । पहिलो हाफ सम्म एक शुन्यले पछि परेको वडा नम्बर ३ ले दोश्रो हाफमा आक्रामक खेल खेल्दै लगातार दुई गोल गर्यो । उसका जर्सी नम्बर ८ का पनिस सुब्बाले ४१ औं मिनेटमा बराबरी गोल गरेभने त्यसको १० मिनेटपनि बित्न नपाउँदै जर्सी नम्बर १७ का मनकुमार मगरले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसपछि दुई एकले पछि परेको वडा नम्बर ८ ले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्किने प्रयास गरेपनि गोलकिपर अमिर सुब्बा बाधक बने । उनले आधा दर्जन बढी प्रहार बिफल बनाइदिए । जितसँगै वडा नम्बर ३ ले वडा नम्बर ७ सँगको भेट पक्का गरेको छ । खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलकिपर अमिर सुब्बा घोषित भए ।
भोलि उपाधि दाबेदार वडा नम्बर ११ र वडा नम्बर १ बीच खेलहुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप–विजेताले नगद ४१ हजारसँगै ट्रफी हात पार्ने छन् ।
अरुपनि
भाेलीबाट बिधालय बन्द गर्नु पर्ने नत्र लकडाउनकाे घाेषणा गर्ने : डा. जागेश्वर गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका
सकेसम्म लकडाउन नगर्ने पक्षमा सरकार: पर्यटन मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्। नेपाल पर्वतारोहण
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
कोरोना संक्रमितकाे संख्या एक्कासि यसरी बढ्याे
काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६०
धुलिखेल अस्पतालमा काेराेनाका कारण एक पुरुषकाे मृत्यु
काभ्रेपलाञ्चोक / निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा