सरकार र विप्लव नेतृत्वको नेकपाबीचको पहिलो औपचारिक वार्ता सकारात्मक

काठमाडौं। सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो औपचारिक वार्ता भएको छ । आज बिहान भएको सो वार्तामा प्रारम्भिक एजेण्डामा छलफल भएको छ । वार्ता सकारात्मक भएको बताइएको छ ।

स्रोतका अनुसार सरकारी वार्ता टोलीको तर्फबाट हिसात्मक गतिनिविध बन्द गरेर शान्तिपूण राजनीतिमा आउन विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ भने प्रकाण्ड नेतृत्वको वार्ता टोलीले जेलमा रहेका नेता कार्यकर्ताको रिहाई र मुद्धा फिर्ता लिन र पार्टीमाथिको प्रतिबन्ध फुकुवाको माग अगाडि सारेको छ।

वार्तामा सहमति भएमा सरकारले विप्लव नेतृत्वको नेकपा माथिको प्रतिवन्ध फुुकुुवा समेत गर्ने तयारी गरेको छ। यसका लागि मान्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्न आवश्यक रहेकोले बिहीबार यस सम्बन्धि निर्णय हुने स्रोतले बतायो।

प्रधानमन्त्री निवास बालुवाटारमै भएको वार्तामा सहभागि हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता सकारात्मक भएको भट्टराईले ट्वीटमार्फत पनि उल्लेख गरेका छन्।

सरकारले मंगलबार मात्रै वार्ता टोलीको घोषणा गरेको थियो भने विप्लव नेतृत्वको नेकपाले त्यसको केहीबेरमा नै वार्ता टोली घोषणा गरेको थियो

Facebook Comments Box

                     

अरुपनि