पहिलो पाईलाले दियो उपचारका लागि ७५ हजार सहयोग

दमक/ सामाजिक कार्यमा सक्रिय रहेको पहिलो पाइला दमकले उपचारका लागि ७५ हजार सहयोग गरेको छ । दमकको थकाली किचनमा पत्रकार सम्मेलन गर्दै संस्थाले सो रकम सहयोग गरेको हो ।

उसले दुई जना विरामीका लागि सो रकम सहयोग गरेको हो । संस्थाले मृगौला पीडित उर्लाबारीका टीका प्रसाद श्रेष्ठ लाई ५० हजार र पेटमा समस्या भई उपचाररत सुन्दरहरैँचाकी आँशु राजवंशीलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

श्रेष्ठ धरानको घोपामा उपचारका लागि गएकाले उनका भाई तेजप्रसाद श्रेष्ठलाई पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्काले हस्तान्तरण गर्नुभयो । त्यस्तै राजवंशीलाई भने बैंक खातामार्फत सहयोग गरिएको छ । पहिलो पाईलालाई दमक–३ गोलाटार घर भई अमेरिकामा बस्दै आउनु भएका राजन खड्काले एक लाख सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो ।  खड्का अध्यक्ष दिपक खड्काका भाई हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको अहिलेसम्मको गतिविधिबारे कोषाध्यक्ष खतिवडाले जानकारी दिनुभएको थियो । कार्यक्रम संस्थाका सचिव मेघनाथ फुयाँलले संचालन गर्नु भएको थियो। कार्यक्रममा संस्थाको उपाध्यक्ष निशा घिमिरे, सल्लाहकारहरु विमल शर्मा, राजु खड्का लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि