शिवसताक्षी मेयर कपमा भलिबल प्रतियोगिता शुरु

झापाको पाराबारीमा तेश्रो शिवसताक्षी मेयर कप भलिबल प्रतियोगिता शुरु भएको छ । हिजो भब्य समारोहबीच उद्घाटन भएको तेश्रो मेयर कपमा आजबाट भलिबल प्रतियोगिता शुरु भएको हो ।

आज एकै दिन ५ खेल सम्पन्न भएका छन् । आजको खेलमा वडा नम्बर ११, ५, ७, ९ र १ विजयी भएका छन् । वडा नम्बर ११ ले वडा नम्बर ८ लाई २५–१७ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै वडा नम्बर ५ ले वडा नम्बर २ लाई २५–११ र २५–२३ तथा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई २५–१५ र २५–२० ले पाखा लगाए ।

अर्को खेलमा वडा नम्बर ९ ले वडा नम्बर १० माथी २५–१५ र २५–१८ को जित निकाल्दै प्रतियोगितामा उपाधि दाबेदारी प्रस्तुत गरेको छ । वडा नम्बर ४ अनुपस्थित भएपछि वडा नम्बर १ ले वाक ओभर पाएको आयोजकका संतोष पौडेलले जानकारी दिनुभयो ।

भोली क्वाटर फाईनल र सेमिफाईनल खेलहरु हुनेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उप–विजेताले ३० हजारसँगै ट्रफी हात पार्नेछन् । त्यस्तै भोलीबाटै क्रिकेट प्रतियोगिता पनि शुरु हुनेछ ।

Facebook Comments Box

                     

अरुपनि