ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी, ४७ वटा घर जले

ताप्लेजुङ/ ताप्लेजुङको व्यापारिक केन्द्र दोभान बजारमा भएको भिषण आगलागीका कारण  बजारका ४७ वटा घर पूर्ण रुपमा जलेका छन् । करिब २ घण्टापछि स्थानीय, दमकल र सुरक्षा निकायकाले आगो नियन्त्रणमा लिएका थिए ।

सदरमुकाम फुङलिङबाट पुगेको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको हो । आगलागी फैलन नदिन एक्स्काभेटरले केही कच्ची घरहरू भत्काएको थियो ।

जसका कारण बजारको आगलागी नियन्त्रण भएको छ । यद्यपी बस्तीतर्फको जोखिम कम भए पनि आगो नजिकैको जंगलतर्फ फैलिएको छ ।

Facebook Comments Box

                     

अरुपनि