तेश्रो शिवसताक्षी मेयर कप शुरु, वडा नम्बर ७ विजयी

झापा। झापाको दुधेमा साेमबारबाट तेश्रो शिवसताक्षी मेयर कप शुरु भएको छ । मेयर कपको प्रतिनिधिसभाका सांसद एलपी साँवाले उद्घाटन गनुभयो । मेयर कपको पहिलो दिन फुट्बलको खेल भएको छ । सो खेलमा वडा नम्बर ७ विजयी भयो । उसले वडा नम्बर ९ लाई टाइब्रेकरमा ४–३ ले पाखा लगाएको हो ।

निर्धारीत समय सम्म एक/एकको बराबरी भएपछि खेल टाइब्रेकर सम्म पुगेको थियो । टाइब्रेकरमा वडा नम्बर ९ को लगातार दुइ प्रहार बिफल भएपछि वडा नम्बर ७ विजयी भएको हो । उसका जर्सी नम्बर ३ का मन्जिल माझी म्यान अफ दि म्याच घोषित भए । मंगलबार वडा नम्बर ४ र ५ आमने–सामने हुनेछन् ।

प्रतियोगितामा फुट्बल, क्रिकेट, भलिबल, दौड, कबड्डी, कराँते, बुद्धिचाल लगायतका खेलहरु हुनेछन् । मंगलबारबाट भलिबल प्रतियोगिताको पनि शुरुवात हुनेछ । भलिबल पाराबारीमा हुनेछ ।

Facebook Comments Box

                     

अरुपनि