विप्लव समूहसँग छिट्टै सहमति हुने प्रम ओलीको भनाई

दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताउनु भएको छ । आइतबार झापाको दमकमा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले विप्लव समूहद्धारा सिर्जना भएको समस्या वार्ताद्धारा समाधान गर्ने बताउँदै सम्भवत छिट्टै समाधान हुने दावी समेत गर्नुभयो ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ फागुन २८ देखि सो समूहमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले देशको विकास रोक्न ओलीलाई हटाउनु पर्छ भनिएको समेत बताउनु भयो । प्रधानमन्त्री ओलीले आज उहाँको निर्वाचन क्षेत्रमा ४ पुलको उद्घाटन तथा ३१ पुलको एकसाथ सिलान्यास समेत गर्नु भएको छ ।

कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट, भौतिक योजना तथा निर्माण मन्त्री बसन्त नेम्बाङ, संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङ, प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, कानून मन्त्री हिक्मत बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि