गलत स्केच बनाई बस चालकलाई ज्यान मुद्दा चलाएको विरोधमा झापाको दमकमा चक्का जाम

गलत स्केच बनाई बस चालकलाई ज्यान मुद्दा चलाएको विरोधमा आज झापाको दमकमा यातायात व्यवसायीहरूले बिहान ९ बजे चक्का जाम गरी विरोध जनाएका छन् । एक घण्टा चक्का जामको कार्यक्रम भएपनि प्रधानमन्त्री केपी ओेली भोलि आउने कार्यक्रम लक्षित गरी सुरक्षा निकायका जिल्ला प्रमुखहरु तथा सिडिओ लगायतका व्यक्तिहरु आउने भनि अनुरोध गरेका कारण निर्धारीत समय सम्म चक्का जामको समय छोट्याइएको व्यवसायीहरुले जानकारी दिए ।

गत माघ ५ गते पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मोरङको गोठगाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा प्रदेश १–००१ ख ३४३३ नम्बरको सार्वजनिक बसका चालक रामचन्द्र गिरीलाई पुर्पक्षका लागि कारागार पठाइएको भन्दै यातायात व्यवसायी तथा मजदुरहरू आन्दोलित भएका हुन् ।

विपरीत दिशाबाट आएको को २ च २३१९ नम्बरको कारका चालक बाघधन राईले लापरबाहीपूर्वक सवारी चलाएको र घटनास्थलको स्केच तयार पार्दा ट्राफिक प्रहरीले गम्भीर त्रुटी गरेका कारण आफूहरू आन्दोलित भएको व्यवसायीहरुले बताएका छन् ।

उनीहरुले आइतबार ट्राफिक प्रहरी चौकी गोठगाउाका प्रमुखलाई जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्ने जानकारी दिएका छन् । भोलि मुद्दा दर्ता नभए छलफलपछि कडा आन्दोलनमा उत्रने उनीहरूले चेतावनी समेत दिएका छन् ।

Facebook Comments Box

                     

अरुपनि