निर्दाेष चालकलाई बिना सर्त रिहाइकाे माग

दमक / माेरङ्गकाे गाेठगाउँमा भएकाे बस र कार दुर्घटनामा निर्दाेश चालकलाई कारागार चलान गरेकाे भन्दै मजदुरहरुले बिना सर्त रिहाइकाे माग गरेका छन् ।

माघ ५ गते माेरङ्गकाे सुन्दरहरैचा ७ गाेठगाउँमा भएकाे बस र कार दुर्घटनामा निर्दाेश बस चालक दमकका राम चन्द्र गिरीलाई पुरपक्षका लागि कारागार चलान गरेकाेमा चालककाे न्यायकालागी यातायात मजदुरहरुले अाज दमक पत्रकार मंञ्चमा पत्रकार सम्मेलन गरेका छन् ।

महेन्द्र लाेकमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे प्र.१०१००१ ख ३४३३ नम्बरको सार्वजनिक बसलाई बिपरित दिसाबाट अाउदै गरेकाे काे २ च २३१९ नम्बरकाे कारले अगाडि गुडिरहेकाे सवारीलाई चालक बाघधन राईले एकहातमा माेबाईल फाेनमा बाेल्दै अाेभर्टेक गर्ने क्रममा बिपरित दिशा तर्फ गएर दुर्घटना भएकाे प्रतक्ष दर्शीकाे भनाई छ ।

कार लापरबाही चलाएका करण दुर्घटना हुदा बसमा सवार २ जना घाईते हुनुका साथै कारमा सवार १ जना घाईते तथा १ जनाकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

घटना प्रकृति अनुसारकाे अाफुसंग सबुत फाेटाे देखाउदा समेत ट्राफिक प्रहरी कार्यलय गछियाले फाेटाेहरुमा रहेकाे भन्दा गलत स्केच बनाई बस चालकलाई कारागार चलान गरेकाेमा निस्पक्ष छानबिन साथ निर्दाेसलाई बिना सर्त रिहाइकाे माग गरेका छन् । अन्यथा ससक्त अान्दाेलन गर्ने पत्रकार सम्मेलनमा बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

माग पुरा नभएमा फागुन १५ गतेबाट ससक्त अान्दाेलन गरिने जनाईएकाे छ ।
पहिलाे दिन १५ गते शनिबार बिहान ९ बजे देखि १० वजे सम्म प्रदेश १ भर सांकेतिक बन्द गरिने १६ गते अईतबार ट्राफिक प्रहरी चाैकी गछियाका प्रमुखलाई जिल्ला अदालत माेरङ्गमा मुद्दा दर्ता गर्ने १७ गते साेमबार बिहान ९ देखि १२ बजे सम्म प्रदेश १ भरी सांकेतिक बन्द गरिने र यति गर्दा समेत सुनुवाइ नभए मजदुर तथा ब्याबसायीकाे छलफल बाट पुर्णरुपमा बन्द गरिने बिज्ञप्तिमा जारी गरिएकाे छ ।

पत्रकार सम्मेलनमा यातायात मजदुरका विभिन्न संघ संगठनका नेताहरु गंगा प्रसाद सिटौला, बिश्वास कामत, डार्बिन संग्राैला, तुलसी खड्का, रन्जित यादब, मदन खड्का लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Facebook Comments Box

                     

अरुपनि