नेकपाको नाम विवादबारे फागुन २० गते फैसला

काठमाडाैं/ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम विवाद सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले यही फागुन २० गते फैसला सुनाउने भएको छ। बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै फागुन २० गते निर्णय सुनाउने मिति तोकेको हो।

नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वाेच्चमा रिट दायर गरेका थिए। सत्तारूढ नेकपा, पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल र केपी शर्मा ओली गरि दुई समूहमा विभाजन भइरहेको समयमा नाम विवादको मुद्दामा सर्वाेच्चले फैसला सुनाउने भएको हो।

२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले मुद्दा दायर गरेका थिए।

Facebook Comments Box

                     

अरुपनि