राप्रपा चुनावको पक्षमा

झापा/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री कमल थापाले चुनावलाई अबसरका रुपमा प्रयोग गर्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
आज झापाको गौरीगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो निर्देशन दिनु भएको हो । सम्बोधनका क्रममा अध्यक्ष थापाले भन्नुभयो, “अहिले अनुकुल अबस्था छ , जतिबेला कम्युनिष्ट पार्टी टुट्फुटमा छन्, बद्नाम छन् । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस किङकर्तव्य बिमुड, निरीह भएर बसेको छ ।
कहिले झर्ला र खाउँला भनेर पर्खेर बसेको अबस्थामा छ । आमूल परिवर्तन होईन, कहिँले केपी ओलीलाई हटाम र त्यो भाग खाउँला भनेर पर्खेर बसेको अबस्थामा नेपाली कांग्रेस छ । यस्तो स्थितिमा जनताले विकल्प खोजीराखेका छन् । त्यो विकल्प निर्माण गर्नेक्रममा यो हाम्रो निमित्त अनुकुल अबसर हो ।” अध्यक्ष थापाले केहि दिनमा सर्वोच्च अदालतले फैशला दिने छ भन्दै दुई चार दिन भित्रैमा चुनाव हुने नहुने थाहा हुने बताउनु भयो ।
उहाँले धेरै सम्भब चुनाव हुने देखिन्छ भन्दै चुनाव भयो भने त्यो चुनावलाई आफ्नो मान्यता स्थापित गर्ने अबसरका रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो । अध्यक्ष थापाले राप्रपाकै कारण अहिले हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा कुरा उठाउन सकेको दाबी समेत गर्नु भयो । उहाँले नेकपाको कुर्सीको झगडाका कारण मुलुकमा अहिलेको अस्था आइपरेको बताउनु भयो ।
अध्यक्ष थापाले अब जनता र राजा मिलेर मुलुक बचाउनु पर्ने धारणा समेत राख्नु भयो । कार्यक्रममा राप्रपा नेता तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्गदेन, प्रदेश नम्बर एक का अध्यक्ष राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्ट, गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ लगायतले सम्बोधन गर्नु भएको थियो ।
अरुपनि
विप्लव समूहसँग छिट्टै सहमति हुने प्रम ओलीको भनाई
दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताउनु भएको छ । आइतबार झापाको दमकमा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री
सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेकाे पूर्वराष्ट्रपति यादवकाे भनाइ
जनकपुर / पूर्व राष्ट्रपति डा. रामवरण यादवले दलहरु भित्र आन्तरिक रुपमा लोकतन्त्रको विधि र पद्धति स्वीकार्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको टिप्पणी गरेका
प्रधानमन्त्री ओली १६ गते झापा आउँदै, औधोगिक क्लिनपार्कको सिलान्यास गर्ने
दमक/ प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनु हुने भएको छ । संसद विघटन गरेपछि पहिलो पटक प्रम ओली गृह जिल्ला आउन लाग्नु भएको
पहिलो पाईला दमकद्धारा गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान
दमक। सामाजिक कार्यमा जुटेको पहिलो पाईला दमकले आज एक गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । सरस्वती पुजाको अबसर पारेर अध्यक्ष दिपक खड्का,
आज विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदै
दमक। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु