उर्लाबारीमा ट्रक र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु

दमक /माेरङकाे उर्लाबारी स्थित मुख्य सडकमा केही बेर अघि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेकाे प्रदेश १–००१क १०३५ नम्बरको ट्रकले विपरित दिशाबाट आएको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटना स्थलमानै मृत्यु भएको हो ।

मृत्यु हुनेमा उर्लाबारी ८ का २३ बर्षिय प्रदिप धामी र २२ बर्षिय सुदिप भुजेल रहेकाे इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि