प्रधानमन्त्री ओली १६ गते झापा आउँदै, औधोगिक क्लिनपार्कको सिलान्यास गर्ने

दमक/ प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनु हुने भएको छ । संसद विघटन गरेपछि पहिलो पटक प्रम ओली गृह जिल्ला आउन लाग्नु भएको हो । प्रम ओली आगामी १६ गते झापा आउने कार्यक्रम तय भएको पत्रकार सम्मेलन मार्फत प्रमका स्वकीय सचिव होमबहादुर थापाले जानकारी दिनुभयो ।

पत्रकार मञ्च दमकमा आयोजिक पत्रकार सम्मेलनमा बोल्दै थापाले १६ गते प्रम ओली झापा आउने र प्रम ओलीले सोहि दिन बहुचर्चित औधोगिक क्लिनपार्कको सिलान्यास गर्नु हुनेछ । चाइना नेपाल फ्रेण्डसीप क्लिन इण्डष्ट्रियल पार्क नाम दिइएको सो पार्कको सिलान्यासपछि सो स्थानमा सभाको पनि आयोजना गरिएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

सो दिनको पहिलो कार्यक्रम प्रमको निर्वाचन क्षेत्रमा पर्ने तोपगाछी स्थित क्याम्पा बजार पूर्वको कमल खोला पुल उद्घाटनको कार्यक्रम रहेको बताउनु भयो ।

उहाँका अनुसार त्यसपछि ओलीले झापा र इलाम जोड्ने रतुवा खोलाको पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको स्वकीय सचिव थापाले जाकारी दिनुभयो ।

त्यस्तै दमक १० बाट आम्बारीतर्फ जाने पुलको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक १० र बालुबथान जोड्ने रतुवा खोलाको पुलको पनि सोहि दिन उद्घाटन गर्ने कार्यतालिका रहेको थापाले जानकारी दिनुभयो ।

Facebook Comments

                     

अरुपनि