मजदुरकाे रक्तदानमा ७२ पिन्ट रगत संकलन

दमक / नेपाल यातायात मजदुर संघ हलुका सवारी दमकले गणतन्त्र दिवसकाे अवसर पारेर अाज रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
दिनेश भट्टराईकाे संयाेजमत्वमा रहेकाे रक्तदान कार्यक्रममा दमक रेडक्रस उपसाखाकाे प्राबिधिक सहयाेगमा ६९ पुरुष र ३ जना महिला गरि ७२ पिन्ट रगत संकलन भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य घनेन्द्र याेङ्गयाले मजदुरका प्रदेश सहसचिव गान्धी प्रसाद भण्डारीलाई रगत ब्याग हस्तान्तरण गरेर उत्घाटन गरिएकाे थियाे ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गाेपाल थापा, नेपाली काङ्ग्रेस महादिवेसन प्रतिनिधि घनेन्द्र सुब्बा, सेर बहादुर भट्टराई , दिल बहादुर बुढाथोकी, क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, दमक नगर सचिव प्रकाश प्रसाईं लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
संघका अध्यक्ष प्रेम कुमार श्रेष्ठले उपस्थित महानुभाक तथा रक्त दाताहरुलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन भने संस्थाका सचिब प्रितम दाहालले गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि