पहिलो पाईला दमकद्धारा गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

दमक। सामाजिक कार्यमा जुटेको पहिलो पाईला दमकले आज एक गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । सरस्वती पुजाको अबसर पारेर अध्यक्ष दिपक खड्का, उपाध्यक्ष निशा घिमिरे, सचिव मेघनाथ फुयाँल लगायत केहि पदाधिकारीसहित सहभागी भएको सो टोलीले दमक नगरपालिका वडा नम्बर ४ मा रहेको बशिष्ठ संस्कृत गुरुकुललाई स्टेशनरी सामानसहित सहयोग गरेको संस्थाका अध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो ।

 

पहिलो पाईलाको टोलीले गुरुकुलका अध्यक्ष राजेन्द्र भट्टराईलाई ती सामाग्री प्रदान गरेको थियो । पहिलो पाईला दमकले पछिल्लो क्रममा शैक्षिक क्षेत्रमा सहयोगका कार्यक्रमहरुलाई बढाउँदै गएको छ ।

 

 

Facebook Comments Box

                     

अरुपनि