दमकमा आजबाट कोभिड विरुद्धको दोश्रो चरणको खोप शुरु

दमक/  सरकारले निःशुल्क उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप आजबाट दमकमा पनि लगाउन शुरु गरिएको छ । दमकको दमक अस्पताल कोभिड उपचार केन्द्रमा  आज ६६ पुरुष र ४ महिला गरी ७० जनाले खोप लगाएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सो क्रममा दमकमा १४ पत्रकारले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । त्यस्तै आज २३ सुरुक्षाकर्मीले पनि खोप लगाए भने १० स्वास्थ्यकर्मी, १६ जना सरकारी कर्मचारी तथा दुई जना जनप्रतिनिधिले पनि खोप लगाएका छन् । त्यस्तै वित्तिय संस्थाका केहि कर्मचारीहरुले पनि आज खोप लगाएका छन् । दोश्रो चरणको खोप दमकमा तीन दिन सम्म चल्नेछ ।

Facebook Comments Box

                     

अरुपनि