कैलालीमा बाघकाे अाक्रमण बाट १ महिलाकाे मृत्यु

कैलाली / कैलालीको पुष्पाञ्जली सामुदायिक वनमा बाघको आक्रमणबाट आइतबार एक महिलाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीलाई उक्त वनमा घाँस काट्न गएको समयमा बाघले आक्रमण गरेको हो ।

प्रहरीका अनुसार दिउँसो ३ बजे खबर आएपछि खोजतलासमा जुटेको प्रहरी टोलीले सवा ४ बजे ती महिलाको शव फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार घास काट्न गएको स्थानभन्दा केही पर उनको शव फेला परेको थियो । राताे पाटिबाट साभार

Facebook Comments

                     

अरुपनि