दमकमा महिला हिंसा बिरुद्ध बुहारीकाे विरोध प्रदर्शन !

दमक/ झापा दमकका बुहारी संयुक्त समुहले देशभरमा पछिल्लो समयमा भएका महिला तथा बालिकाहरु माथिका हिंसा र जघन्य अपराधका घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै महिलाहरुले अाज विरोध प्रदर्शन गरेका छन् ।

दमकको गणतन्त्र चोकमा भेला भएर महिला तथा बालिका हत्यामा संलग्नको खोजीमा सरकारले चासाे नदिएकाे भन्दै दमकका बुहारीहरुले अपराधी पक्राउ गर्न माग गरेका हुन् ।
मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको आह्वानमा भेला भएका बुहारीहरुले महिलामाथि हुने सवै प्रकारका हिंसा रोक्न, बलात्कारका घटनामा संलग्नलाई तुरुन्त पक्राउ गर्न, कानून अनुसार कार्वाही गर्न लगायतका माग राख्दै प्लेकार्ड तथा व्यानर सहित दमक बजार परिक्रमा गर्दै प्रदर्शन गरिएकाे आयोजक संस्थाकी झापा उपाध्यक्ष तथा दमक संयोजक जमूना निरौला (अधिकारीले) जानकारी दिइन् ।

कार्यक्रममा महिला हिंसा बिरुद्ध अफु कसरी अघि बढ्ने र सचेत रहने बारे जिल्ला संयोजक शिखा खडका गणेश, जिल्ला उपाध्यक्ष गंगा भट्टराई र सचिव कविता थापा लगायतले बोलेका थिए ।

Facebook Comments Box

                     

अरुपनि