पौडेल समूहले ७७ जिल्ला सभापतिलाई काठमाडौं बोलाउने

काठमाडौं/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ७७ जिल्लाकै जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार महामन्त्री शशांक कोइराला निवासमा पौडेल समूहले भेला गरेको हो ।
भेलामा सहभागी एक नेताका अनुसार अब फागुन ५ गते सबै जिल्लाका सभापतिलाई काठमाडौंमा बोलाएर आगामी रणनीतिको विषयमा छलफल गर्ने निर्णय गरेको छ । यस्तै भेलाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई कसरी सशक्त एवं प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरेको छ ।
गतवर्ष नै हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन कोरोना भाइरसको बहानलाई देखाएर एक वर्ष पछि सारेर फागुनको ७ गतेलाई मिति तोकिएको थियो । तर, तालिकाकअनुसार काम हुन नसकेपछि अब सभापति शेरबहादुर देउवाले थप ६ महिना सभापति हुन पाउने पक्का भएको छ ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुनेछ । तर, असामान्य परिस्थिति उत्पन्न भएमा थप एक वर्ष सभापति रहिरहन पाउने विधानमा उल्लेख गरिएको छ । देउवाले उक्त १ वर्ष पनि प्रयोग गरिसक्नुभएको छ ।
अरुपनि
विप्लव समूहसँग छिट्टै सहमति हुने प्रम ओलीको भनाई
दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताउनु भएको छ । आइतबार झापाको दमकमा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री
सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेकाे पूर्वराष्ट्रपति यादवकाे भनाइ
जनकपुर / पूर्व राष्ट्रपति डा. रामवरण यादवले दलहरु भित्र आन्तरिक रुपमा लोकतन्त्रको विधि र पद्धति स्वीकार्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको टिप्पणी गरेका
प्रधानमन्त्री ओली १६ गते झापा आउँदै, औधोगिक क्लिनपार्कको सिलान्यास गर्ने
दमक/ प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनु हुने भएको छ । संसद विघटन गरेपछि पहिलो पटक प्रम ओली गृह जिल्ला आउन लाग्नु भएको
पहिलो पाईला दमकद्धारा गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान
दमक। सामाजिक कार्यमा जुटेको पहिलो पाईला दमकले आज एक गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । सरस्वती पुजाको अबसर पारेर अध्यक्ष दिपक खड्का,
आज विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदै
दमक। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु