धिमाल जातिकाे ५ दिने चिचिरी, गेन्द्राे फुड फेस्टिबल अाज अन्तिम दिन

बेनुराज प्रसाईं
दमक / धिमाल जातिय विकास केन्द्र केन्द्रीय समिति द्वारा फागुन २७ गतेबाट अायाेजीत ५ दिने चिचिरी, गेन्द्राे दिवश फुड् फेस्टिबल अाज सम्पन्न भएकाे छ ।

फेष्टिबलकाे मुख्य अाकर्षण भने चामल बाट बनाईने एक प्रकारकाे परिकार चिचिरी, गेन्द्राे लगायत अाफ्नाे माैलिकता झल्काउने भेषभुषा, जातिय नृत्य रहेकाे थियाे ।

कार्यक्रमकाे अन्तिम दिन समापन कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख गिता अधिकारी बिशिस्ट अतिथिहरुमा धिमाल जातिय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लाेक बहादुर धिमाल, सह अध्यक्ष कृष्ण धिमाल,राष्ट्रिय गायक संजिव धिमाल लगायत अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमलाई सहयाेग गर्ने विभिन्न संघ सस्थाका प्रतिनिधि तथा ब्याक्तीहरुलाई मायाकाे चिनाे सहित सम्मान पत्र द्वारा सम्मान गरिएकाे थियाे । कार्यक्रमकाे अन्तिम चरणमा हस्यकलाकार मनाेज गजुरेल, गायिका एलिना चाैहानकाे बेजोड प्रस्तुति रहेकाे कार्यक्रम संचालक संस्थाका महासचिव मात्रिका धिमलले जनाएका छन् ।

Facebook Comments Box

                     

अरुपनि