दमकमा पहिलो तामाङ्ग विद्यालयको उद्घाटन

झापाको दमकमा पहिलो तामाङ्ग विद्यालयको उद्घाटन गरिएको छ । सोनाम ल्होसार पर्वको अबसर पारेर दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा एक कार्यक्रमकाबीच सो विद्यालयको उद्घाटन गरिएको हो । तामाङ्ग जातीको भाषा र लिपीको संरक्षण गर्ने उदेश्यले विद्यालयको उद्घाटन गरिएको बताइएको छ ।

शिविर प्रमुख सुरेन्द्रराज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शसस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका प्रमुख सियाराम चौधरी, क्याम्प व्यवस्थापन समितिका सल्लाहकार टिकाराम कालिकोटे,टेक बहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि