दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने

काठमाडौं/  नेकपा दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भएको छ । दाहाल–नेपाल पक्षले हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर गरेको छ । काठमाडौंको हकमा पार्टी कार्यालय पेरिसडाँडामा २६ औं ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा हुने कार्यक्रमलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्नु हुनेछ । तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध शुरु गरेको सम्झनामा उनीहरुले हरेक वर्ष दिवस मनाउने गरेका छन् । तत्कालीन एमाले र एमाओवादी पार्टीबीच एकता भएपछि भने जनआन्दोलन र ‘जनयुद्ध’का शहीदको सम्मानमा भन्दै फागुन १ गते मनाइएको थियो ।

Facebook Comments Box

                     

अरुपनि