माेटरसाईकल दुर्घटनामा बाबू छाेराकाे मृत्यु

सुनसरी / कोशी राजमार्गको धरान-इटहरी सडकखण्ड स्थित इटहरी २ पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकैसाथ बाबु छोराको मृत्युभएको छ ।

इटहरी स्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो दिउँँसो तीन वजेतिर धरानबाट ईटहरीतर्फ जादै गरेको प्र. १-०१-०४४ प १ २५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना मोटरसाइकल बाबुछोराको मृत्यु भएको हो । दुर्घटनामा परेर ज्यान गुमाउनेमा चालक उदयपुर रुपाटार २ घर भई हाल इटहरी ८ बस्ने ५० बर्षीय नरजंग मल्ल र उनका बुबा ८२ बर्षीय कुबेरबहादुर मल्ल रहेका छन् ।

दुर्घटनामा बाबु छोरा दुबै गम्भिर घाईते भएका थिए । उनीहरुलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको थियो । दुवैको उपचारको क्रममा सवा ३ बजेतिर मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको भनाई छ । तीब्र गतिको कारण उक्त दुर्घटना भएको प्रहरीको भनाई छ ।

Facebook Comments Box

                     

अरुपनि