प्रदेश १ को स्थगित भएको प्रदेशसभा बैठक माघ २५ गते बस्ने

विराटनगर /अनिश्चित कालको लागि स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक यही माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिबालयले आइतबार सूचना जारी गर्दै २५ गते २ बजे बैठक बस्ने जानकारी गराएको छ ।
नेकपाको फुटसँगै प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्री राईलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएको र मुख्यमन्त्रीले अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गरेको अवस्थामा आह्वान गरिएको प्रदेश सभामा प्रदेश प्रमुखको पत्र सभामुखले पढेर सुनाएपछि बैठक स्थगित भएको थियो ।
अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेशसभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने सांसदहरुले तत्काल बैठक सुरु गर्न माग गरेका थिए ।
प्रदेशसभाको अबको बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्ने बताइएको छ । आफूले निलम्बन गरेको सांसदलाई प्रदेशसभामा प्रवेश नदिइने र सभामुखले प्रवेश गराएमा बैठक अबरुद्ध गर्ने नेकपा संसदीय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले बताएका छन् ।
राजभण्डारीलाई नेकपाको संसदीय दलको बहुमत पक्षले प्रमुख सचेतबाट हटाइसकेको छ भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चुनेको छ । बहुमत पक्षले पनि मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन गरेको छ ।
प्रदेशसभामा सरकारले कुनैपनि बिद्येयक दर्ता नगरेकोले आगामी बस्ने बैठकको लागि अविश्वास प्रस्ताव बाहेक अरु कुनै कार्यसूची नभएकाले बैठक कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा र चासोको विषय बनेको छ ।
अरुपनि
भाेलीबाट बिधालय बन्द गर्नु पर्ने नत्र लकडाउनकाे घाेषणा गर्ने : डा. जागेश्वर गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका
सकेसम्म लकडाउन नगर्ने पक्षमा सरकार: पर्यटन मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्। नेपाल पर्वतारोहण
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
कोरोना संक्रमितकाे संख्या एक्कासि यसरी बढ्याे
काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६०
धुलिखेल अस्पतालमा काेराेनाका कारण एक पुरुषकाे मृत्यु
काभ्रेपलाञ्चोक / निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा