अाजकाे तपाईंको राशि,माघ १७ गते शनिबार

वि.सं.२०७७ साल माघ १७ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–द्वितीया,४१ घडी १० पला,बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त तृतीया । नक्षत्र–मघा,५२ घडी ३७ पला,रातको ०३ बजेर ५६ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सौभाग्य,२४ घडी १६ पला,बेलुकी ०४ बजेर ३६  मिनेट उप्रान्त शोभन । करण–तैतिल, बिहान ११ बजेर ५४ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २६ घडी ५९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा ध्यान जानेछ भने बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसायमा लगानी गरी प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरी समाजमा नाम कमाउन सकिनेछ । बौद्धिकताको प्रयोग गरी विशिष्ट व्याक्ती हरुलाई बसमा पार्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपार्ईँदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भिरता अपनाउनु होला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । तरपनि कृषि पेशा अपनाउने हरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेकोछ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउदै अगाडी बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्वन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी  गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यले साथ दिने हुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैया पैसा कमाउनेछ । नयाँ ठाउको भ्रमण गरी संगितको सुमधुर धुनमा रमाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

Facebook Comments Box

                     

अरुपनि