अाफ्नै श्रीमान द्वारा श्रीमतीको हत्या
२०७७ माघ १०, शनिबार ०७:४२

माेरङ/ मोरङको उर्लाबारी नगरपालिका – २ स्थित सिरुझारमा शुक्रबार दिउँसो श्रीमान्ले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी कुरामा विवाद हुँदा ५० वर्षिय डिकबहादुर राईले बञ्चरोले प्रहार गरेर आफ्नै श्रीमती ३५ वर्षिया दिलमाया राईको हत्या गरेको वडाध्यक्ष राजन कँडेलले जानकारी दिनुभयो ।
बञ्चरो प्रहारबाट गम्भिर घाईते राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारपश्चा थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतक राई बैदेशिक रोजगारीबाट फर्किएर घरमा आउँदा श्रीमान्सँग झगडा हुँदै आएको छिमेकीहरुले बताएका छन् । हत्या गर्ने डिकहादुरलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
Facebook Comments
अरुपनि
विप्लव समूहसँग छिट्टै सहमति हुने प्रम ओलीको भनाई
दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताउनु भएको छ । आइतबार झापाको दमकमा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री
सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेकाे पूर्वराष्ट्रपति यादवकाे भनाइ
जनकपुर / पूर्व राष्ट्रपति डा. रामवरण यादवले दलहरु भित्र आन्तरिक रुपमा लोकतन्त्रको विधि र पद्धति स्वीकार्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको टिप्पणी गरेका
प्रधानमन्त्री ओली १६ गते झापा आउँदै, औधोगिक क्लिनपार्कको सिलान्यास गर्ने
दमक/ प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनु हुने भएको छ । संसद विघटन गरेपछि पहिलो पटक प्रम ओली गृह जिल्ला आउन लाग्नु भएको
पहिलो पाईला दमकद्धारा गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान
दमक। सामाजिक कार्यमा जुटेको पहिलो पाईला दमकले आज एक गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । सरस्वती पुजाको अबसर पारेर अध्यक्ष दिपक खड्का,
आज विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदै
दमक। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु