शिवसताक्षीमा क्रिकेट प्रतियोगीता शुरु, ४ क्लब दोस्रो चरणमा प्रवेश

दमक/ झापाको शिवसताक्षीमा आजदेखि प्रथम शिवसताक्षी सुपर सिक्स क्रिकेट प्रतियोगीता शुरु भएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार
शेर्माले प्रतियोगीताको उद्घाटन गरे । उद्घाटन कार्यक्रम बोल्दै प्रमुख शेर्पाले खेल र खेलाडीको विकासमा नगरपालिका सधै लाग्ने बताए
कार्यक्रममा विषेश अतिथिको रुपमा राधाकृष्ण खनाल,सिताराम भेट्वाल,रमण खतिवडा ,डम्बर अधिकारी,धन बहदुर थेबे,रोशन थोप्रा,रहेका थिए । त्यस्तै अतिथिहरु अनिता कन्दग्वा,निशा लिम्बु,फुर्वा लामा,सन्तोश पौडेल ,डिगम पराजुली ,जितेन्द्र शाहा,राम नरेश शर्मा,दिपक भेटवाल,लक्षुमण अधिकारि,भाग्य फागो, लगायतको उपस्थिति रहेको थियोे । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगीताको आज ४ वटा खेल सम्पन्न भएका छन् । १४ वटा टिम सहभागी प्रतियोगीताको आज भएको खेलमा किँरात चौक क्लबलाई पराजित गर्दै शिवसताक्षी ११ बिजयी भएको छ । १२ रनले बिजय भएको खेलमा रोशन भट्टराई म्यान अफ द म्याथ घोषित भए । यस्तै आजै भएको अर्को खेलमा दमक क्रिकेट क्लबलाई १३ रनले पराजित गर्दै शनि अर्जुन क्लब बिजय भएको हो । तेस्रो खेल बिडीपी युनाइटेले कन्काइ सुरुगाँलाई ४ विकेटले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको एकेडेमीमा जिल्ला सदस्य सन्तोष पौडेलले जानकारी दिए । यसैगरि आजै भएको अन्तिम खेलमा जलथल क्रिकेट क्लबलाई हराउदै पथरी क्रिकेट क्लब १६ रनले बिजय भएको छ । एकाडेमीका नगर अध्यक्ष सुजन भेट्वालको अध्यक्षता र अर्जुन राईको सञ्चालनमा आजको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगीतामा १४ वटा क्लब सहभागी छन् ।
अरुपनि
विप्लव समूहसँग छिट्टै सहमति हुने प्रम ओलीको भनाई
दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताउनु भएको छ । आइतबार झापाको दमकमा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री
सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेकाे पूर्वराष्ट्रपति यादवकाे भनाइ
जनकपुर / पूर्व राष्ट्रपति डा. रामवरण यादवले दलहरु भित्र आन्तरिक रुपमा लोकतन्त्रको विधि र पद्धति स्वीकार्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको टिप्पणी गरेका
प्रधानमन्त्री ओली १६ गते झापा आउँदै, औधोगिक क्लिनपार्कको सिलान्यास गर्ने
दमक/ प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनु हुने भएको छ । संसद विघटन गरेपछि पहिलो पटक प्रम ओली गृह जिल्ला आउन लाग्नु भएको
पहिलो पाईला दमकद्धारा गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान
दमक। सामाजिक कार्यमा जुटेको पहिलो पाईला दमकले आज एक गुरुकुललाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । सरस्वती पुजाको अबसर पारेर अध्यक्ष दिपक खड्का,
आज विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदै
दमक। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु