शुन्दर हरैचा ९ मा एक घरमा अागलागि : दमकल सायमा नअाउदा पूर्णरूपमा जलेर नष्ट

विराटचोक / मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ बुधबारेमा रहेको एक घरमा आगलागी भएको छ । शनिबार बिहान अन्दाजी ८ः५५ बजे देखि आगलागी सुरू भएको स्थानीयले बताए । जयप्रसाद आचार्यको काठको टाडे घर पूर्णरूपमा जलेर नष्ट भएको छ । समयमै दमकल नआउँदा ठुलो क्षति भएको स्थानीयले गुनासो छ ।

आगो लागेपछि सुन्दरहरैचाको दमकललाई बोलाईएको थियो तर सो दमकल बिग्रेको बताए पछि बेलबारी र इटहरीको दमकल, नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयले आागो नियन्त्रणमा लिएका थिए । आगलागीबाट के कति क्षति भयो सोको विवरण आउन बाँकी छ ।

Facebook Comments Box

                     

अरुपनि