पछिल्लो २४ घण्टाकाे काेराेना अपडेट

पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ ।
यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्ले २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५५९ मा कोरोना परीक्षण भएको छ ।

Facebook Comments Box

                     

अरुपनि