विप्लवका कार्यकर्ताले सुर्खेतमा यात्रु बस जलाए
सुर्खेत / नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले पूर्वी सुर्खेतमा एउटा यात्रु बस जलाएका छन् ।
गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु गइरहेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले गोचेखोलामामा पुगेपछि आगो लगाएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बिहान साढे १ बजेको समयमा चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल हालेर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
बस जेलेको ठाउँ नजिकै बम जस्तो शङ्कास्पद वस्तु भेटिएको छ भोजपुरमा कार्यकर्ता तीर्थराज घिमिरे प्रहरीको गोलीबाट मारिएको विरोधमा विप्लव समूहले नेपाल बन्द घोषणा गरेको छ । बन्द सफल पार्न भन्दै विप्लवले मकवानपुर र बारासहितका जिल्लामा सवारीसाधन जलाएका छन् ।
त्यसैगरी ठाउँ ठाउँमा बम र शंकास्पद बस्तु राख्दा जनजीवन त्रसित भएको छ। बन्दको पूर्वसन्ध्यामा हिजो राजधानीमा टाइम बम बनाउने क्रममा भएको विस्फोटमा विप्लवका कार्यकर्तासहित चारनजनाले ज्यान गुमाएका थिए।
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट