योङ टाइगर दमकद्वारा इलामको चैनपुरमा बिपन्न परिवारका ४० नानीहरूलाई न्यानाे कपडा बितरण

बेनुराज प्रसाई
दमक /झापा दमकमा रहेकाे समाजिक क्लब याेङ टाईगर ( क्लब हिमालयन टाईगर) ले अाज ईलामकाे चैनपुर गाँउपालिकाका लाप्सा समुदायका नानीहरुलाई न्यानो कपडा वितरण गरेको छ।

उक्त न्यानो कपडा वितरण कार्यक्रम शान्तिपुर मा.वि मा भएको थियो साे लाप्सा समुदायकाे अार्थिक अवस्था र कठाङ्ग्रीदाे जाडाेलाई मध्यनजर गर्दै नानीहरुको समस्यालाई संस्था सम्म पुर्याउन र साे कार्यक्रम लाई सहजिकरण गर्न भने विद्यालयका शिक्षक हेमकुमार अधिकारीले गर्नुभईकाे संस्थाका उपाध्यक्ष बिपुल गुरागाँइले जनाएका छन् ।

उक्त कार्यक्रमकाे अध्यक्षता क्लबका अध्यक्ष राजु अधिकारीले गरेका थिए भने साे कार्यक्रमकाे , प्रमुख अतिथी चैनपुर गाउँपालिका -३ का वडा सदस्य मानन्ध अधिकारी,विशिष्ट अतिथी तर्फबाट विद्यालयका प्र.अ प्रेमलाल कार्की क्लब हिमालयन टाइगरका उपाध्यक्ष जे बिमली,दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का,अतिथीहरुमा योङ टाइगरका उपाध्यक्ष बिपुल गुरागाँइ,सचिव विश्व प्रकाश तिम्सिना,सह-सचिव पूर्णिमा तिम्सिना,कोषाध्यक्ष जोन जङ बुढाथोकी,रिदम सापकोटा,कृतिका रिजाल लगायतको उपस्थिति रहेकाे थियो।

साे बस्तीमा झन्डै ५० परिवरमा बसोबास गरेका विपन्न लाप्सा समुहहरुका ४० जना नानीहरुलाई न्यानो कपडा वितरण गरिएको जानकारी योङ टाइगरका अध्यक्ष राजु अधिकारीले बताए ।

विद्यालय र सामुदायिका तर्फबाट सम्पुर्ण योङ टाइगरका पदाधिकारीहरुलाई फुलमाला र अबिरले सम्मान समेत गरिएकाे थियाे ।

विशेष धन्यवाद कार्यक्रमलाई प्रायोजन गर्नु हुने सम्पुर्ण सहयोगी मनहरु र क्याम्पस मोडमा अवस्थित माैनदिप माेबाईलस् परिवार प्रति संस्था अाभार रहेकाे संस्थाका अध्यक्ष अधिकारीले जनाए ।

Facebook Comments Box

                     

अरुपनि